एक सयभन्दा बढी घरजग्गा बेच्दै एनआइसी एशिया बैंक, हेर्नुहोस् सुचना सहित

2.1K
shares

काठमाडौ । एनआइसी एशिया बैंकले मुलुकको विभिन्न स्थानमा रहेका एक सय ३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने सूचना प्रकाशित गरेको छ।

 

बैंकले लिलाम सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको हो।

 

कर्जा भुक्तानी गर्न नसक्ने ग्राहकको धितोमा रहेको सम्पत्ति लिलामी लागेर पनि बिक्री नहुँदा बैंकहरूले सकार्न पाउँछन्। पछि यस्तो सम्पत्ति पुनः बिक्रीमा राख्न सक्छन् र बिक्रीपछि हुने आम्दानी वित्तीय विवरणमा देखाउन सक्छन्।

 

बैंकले कपिलवस्तु, गुल्मी, रौतहट, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो। बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ।

 

गत आर्थिक वर्ष २०७९/८० को असारमा बैंकको खराब कर्जा मात्रै ०.८३ प्रतिशत थियो। गैर बैंकिङको रुपमा रहेको यी सम्पत्ति सकारेपछि खराब कर्जाको दर घटेको हो।

civil hospital
Hams Hospitals