नेको , एशियन र सानिमा जिआइसीले पाए हकप्रद शेयर जारी गर्ने स्वीकृति

Ghorahi cement

काठमाडौ । नेपाल बीमा प्राधिकरणले ताेकिएको चुक्ता पूँजी पुर्‍याउनका लागी एशियन लाईफ इन्स्याेरेन्स, नेको इन्स्याेरेन्स र सानिमा जिआइसी इन्स्याेरेन्सलाई हकप्रद शेयर जारी गर्न दिने भएको छ।

 

प्राधिकरणको सञ्चालक समितिले जीवन बीमकमध्ये एशियन लाईफ इन्स्याेरेन्सलाई ४२ प्रतिशत, निर्जीवन बीमक नेको इन्स्याेरेन्स र सानिमा जिआइसी इन्स्याेरेन्सलाई २५-२५ प्रतिशत हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको हो ।एशियन लाईफसँग हाल ३ अर्ब १५ कराेड ५३ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ। नेको इन्स्याेरेन्सको २ अर्ब १ कराेड २३ लाख ६१ हजार र सानिमा जिआइसीको २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ।

 

यी बीमकले प्राधिकरणबाट हकप्रद शेयर निष्काशन स्वीकृतीको पत्र प्राप्त गर्न भने बाँकी छ। जीवन बीमकको लागि न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० कराेड रुपैयाँ ताेकिएको छ।

 

यसैगरी जीवन बीमकमध्ये सानिमा रिलायन्स लाईफ इन्स्याेरेन्स, सूर्यज्याेती लाईफ इन्स्याेरेन्स, प्रभू महालक्ष्मी लाईफ इन्स्याेरेन्सलाई पनि हकप्रद शेयरमार्फत् अपुग चुक्ता पूँजी जुटाउने बाटाे सञ्चालक समितिले खुल्ला गरि दिएकाे छ। पाँच अर्ब चुक्ता पूँजी पुर्याउनका लागी सानिमा रिलायन्सले २० प्रतिशत, सूर्यज्याेतीले १० प्रतिशत र प्रभू महालक्ष्मीले १७ प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गर्न सक्नेछन् । प्राधिकरण सञ्चालक समितिले यी जीवन बीमकले हकप्रद शेयर निष्काशन गर्न स्वीकृति माग गरेको अवस्थामा स्वीकृति प्रदान गर्ने अख्तियारी नेपाल बीमा प्राधिकरणको व्यवस्थापनलाई हस्तान्तरण गरिदिएको छ।

 

यसैगरी निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्याेरेन्स र यूनाइटेड अजाेड इन्स्याेरेन्सलाई पनि हकप्रद शेयर निष्काशनका लागी प्राधिकरणले स्वीकृति दिने भएको छ। सञ्चालक समितिकाे बैठककाे निर्णयको आधारमा हिमालयन एभरेष्टले १२ प्रतिशत र यूनाइटेड अजाेडले ३२ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न पाउनेछन् ।

Nepali patro