भेलू बाजेबाट प्रभावित व्यक्तित्वहरू

5.4K
shares

  अहिले भेलु बाजे सोसल मिडियामा निकै चर्चित छन् । उनको व्यवहार सोझो ,गाउँले ,स्पष्ट र उट्पट्याङ खालको छ। उनी अर्कोले उचालेको पछारेको थाहै पाउँदैनन् ।आफ्नै मस्तिमा छन् । एउटा भिडियो मा उनी भन्छन्” म त अन्तराष्ट्रिय भैसके”। वास्तवमा हेलु बाजे उट्पट्याङ र रमाइलो मान्ने सोझा पात्र हुन्। उनको बोलिमा जस्तोसुकै छाडापन भएपनि पाठकले रमाइलै मान्छन् । किनकि उनीबाट लिनुदिनु केही छैन। मात्र छ मनोरञ्जन । नेपाली भाषा नजान्ने कुनै विदेशीले उनको कमेन्ट ,भिउज हेर्यो भने लाग्ला उनी नेता अभिनेता वा कुनै प्रख्यात कलाकार हुन्। तर यथार्थमा उनी जहाँ थिए त्यहीं छन् । हास्यको पात्र। जेहोस् भेलु बाजेले सोसियल मिडियामा सबैलाई मनोरञ्जन दिएकै छन।

 

सबै समयको खेल हो ।अहिले राजनीति समाज, मिडिया,ब्याक्ती सबै सोसल मिडियाको चर्चामा रमाउँछन्। उनीहरुलाई लाग्छ ,लाइक, कमेन्ट भिउज बढाएपछि चर्चित हुइन्छ। अनुहार चिनिन्छ ।कसैकसैले त यसबाट पैसा पनि कमाएका छन् ।तर यही चर्चा भित्र राजनीति, मिडिया, समाज र व्यक्तित्वको मुल्यांकन हुने गर्छ । अहिलेको मस्तिष्कको खुराक र मानिसको गहना बनेको छ साेसल मिडिया। यो रोग निकै डर लाग्दो हुन्छ । किनकि अहंको नसा सबै नसा भन्दा खतरा नशा हाे। भेलू बाजे जति चर्चित भएपनि उनको मूल्यांकन भेलु बाजे भन्दा माथि हुँदैन।

 

अहिले मेयर सावहरुका वाेलीहरु भेलु बाजेको जस्तै रमाइला, चर्चित ,उट्पट्याङ र मनोरञ्जनात्मक छन् ।यिनको लाइक , कमेन्ट , बढेको छ। बाजेलाई मन पराउने पात्रहरू देशविदेशबाट थुप्रै छन्। ठुला नेता पनि बाजे जस्तै मनोरञ्जन दिन्छन् ।तर तिनको बोलीमा उट्पट्याङ बाहेक केही छैन । भेलु बाजेको जस्तै हाम्रा नेताको बाेलीमा कुनै सिद्धान्त वाद र नीति छैन।संविधान, कानून ,नीति , भित्र बसेका नेताहरु भेलु बाजेकै अनुसरण गर्छन्। सायद उनीहरुलाई पनि लाईक कमेन्ट र भिउज सारै मनपर्छ ।कमसेकम भेलु बाजे आफ्नो लाइक बढेको आधारमा बोल्दैनन्। उनी सहज बोल्छन् ।तर हाम्रा नेतृत्वहरु अहमको नशामा संविधान कानून र नीतिलाई अँगालो हालेर प्रख्यात हुन रुचाउँछन्। यो नशा उनीहरूको आफ्नै व्यक्तित्व र देशको भविष्यको लागि कति डर लाग्दो छ। बोल्नेलाई त के थाहा होला र। तर एउटा सच्चा राष्ट्रभक्त यस्ता बोलीबाट साच्चै विचलित हुन्छ।

 

नित्से जर्मनीका दार्शनिक प्रोफेसर हुन् ।उनले ईश्वरको मृत्युको घोषणा किन गरे ।अहिले पनि यो दर्शन भित्र रहस्यकाे विषय बनेको छ । ईश्वरको मृत्यु अध्यात्मसंग सम्बन्ध छैन। हेगेलकाे एकत्व र इश्वरवादले जर्मनीलाई खर्लप्पै खाएको थियो। युवावर्ग ईश्वरमा विश्वास गर्थ्यो । वरिपरिबाट फ्रान्सले जर्मनीलाई घरिसक्दा पनि यहाँका युवाहरु भाग्यमा विश्वास गर्थे। राष्ट्रबाद र आफ्नो अस्तित्वको लागि अगाडि बढ्न सक्तैनथेँ । नित्सेले यहि उपाय सोचे। बाटाेमा एउटा लट्ठी लिएर ईश्वरको मृत्युको घोषणा गरे ।र भने “तिम्रो भाग्य तिमी आफै बनाउन सक्छौं। ईश्वर छैन ।अस्तित्वको लडाइँमा तिमी अगाडि आएनौ भने तिमीलाई ईश्वरले रक्षा गर्दैन”। यही एक ब्यक्तीको साहसले जर्मनी फ्रान्सबाट स्वतन्त्र भयो। जर्मनमा अस्तित्ववादको सुरुवात यहीँबाट सुरु भयो।

 

आज हाम्रो अवस्था यस्तै छ ।हामीलाई हाम्रो अस्तित्व था छैन । नित्सेको आवाज जताततै छ। आज हाम्रो युवा जमात प्रचारप्रसारमा विश्वास गर्न थालेको छ। यसभित्र कति सत्य छन्। कति असत्य छन्। यसको मूल्यांकन भित्र कोही पस्न चाहँदैन। र भेलू बाजे जस्तै उट्पट्याङ र मनोरञ्जनात्मक भाषा बोल्नेहरु प्रख्यात हुँदैछन्। यस्ता भेलुबाजे रुपी नाटककार हरूको बोलीमा लाईक कमेन्ट नगर्ने र यथार्थको पछि लाग्ने समाज र पुस्ताको प्रतिक्षामा आज हामी छौं।

civil hospital
Hams Hospitals