चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग
वि.सं.२०८० भदौ २३ शनिवार
shares
चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणको लागि प्रेस चौतारी बागमती प्रदेश समितिले नगद सहयोग गरेको छ ।
भवन निर्माण स्थल भरतपुर ११ मा नै पुगेर चौतारी बागमती प्रदेशका इन्चार्ज विष्णु तारुके, अध्यक्ष सरद सापकोटा लगायतको टीमले १ लाख ११ हजार १ सय ११ रुपियाँ चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गरेका हुन् ।
बागमती प्रदेश अध्यक्ष सापकोटाले देशमै पहिलो पटक चौतारी चितवनको भवन बन्न लागेकोमा गौरव गर्दै भवन निर्माणपछि चौतारी चितवनले पत्रकारहरूको क्षमता अभिवृद्धिमा अझ भूमिका खेल्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारीको भवन निर्माणमा सबैतिरबाट आर्थिक र मनोवैज्ञानिक सहयोग भएको बताए ।
उनले अझ धेरै काम बाँकी भएकोले भवन निर्माण पुरा गर्ने कार्यमा सहयोगको लागि शुभेच्छुकहरूमा अपिल समेत गरेका छन् । १ करोड ५३ लाख लागत अनुमान गरिएको भवनको दुई तला ढलान सकिएको छ ।































