मेरा बा

3.4K
shares

बा ।

 

मेरा बा

म सधैं बा सँगै हुन्छु

बा सीमित छैनन्

मेरा बा जस्तै म पनि बा हुँ

बा, पुरुष मात्र होइनन्

बा ,बिज हुन,

बा भित्र म अंकुराएको छु,

बा प्रकृति र पुरुष दुवै हुन्

र, म जन्मिएको छु।

 

बा ,यात्री हुन्

म बा को सहयात्रि हुँ

बा सरल थिए,छन्

म बा जस्तै हुँ

बा हुनु भन्दा अगाडी

म ,बा जस्तै थिइन

र , म सधै बा को अनुभूति हुँ।

 

आमा पनि बा हुन्

आमा नभै बा हुदैन

म बा र आमा दुबै हुँ

बा मेरा पुर्खा हुन्

म बा र आमाको प्रतिनिधि हुँ।

 

बा श्रद्धा हुन्, नियम हुन्,

बा सृष्टि हुन् ,सिर्जना हुन्,

बा प्रेम हुन् मलम हुन्

बा कृपा हुन्, आशीर्वाद हुन्,

बा भुत हुन् भविष्य हुन्

बा वर्तमान हुन, द्रष्टा हुन्

बा बिना ब्रह्माण्ड छैन

म बिना बा छैनन्

म बा को पुनर्जन्म हुँ।

 

बा बिना प्राणी छैन

बा बिना वनस्पति छैन

बा बिना जन्म र मृत्यु छैन

बा म काे निरन्तरता हुन्

बा सधै वरिपरि छन्

बा म सँगै छन

म भित्रै छन्

म जस्तै छन्

र ,म सधैं बा प्रति नमन छु।

civil hospital
Hams Hospitals