सिटिजन लाइफको आईपीओ बाँडफाँड : कतिले पाए सेयर ?

Ghorahi cement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले दौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बिहीबार आफ्नो कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार आवेदन दिएकामध्ये ९ लाख आवेदकले कम्पनीको १० कित्ताको दरले सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गर्दा सो आवेदकले १० कित्ताको दरले सेयर पाएका हुन् ।

 

इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १४ लाख ७ हजार २३७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

Nepali patro