आर्थिक मिडिया सञ्चालक संघ (इमान) को महासचिवमा कार्की

21.1K
shares
Nabil bank

काठमाडौं । आर्थिक मिडिया सञ्चाल संघ (इमान) को महासचिवमा रामेश्वर कार्की मनोनीत भएका छन् । इमान कार्यसमितिको भदौ २९ गते बसेको पूर्ण बैठकले संस्थाका उपमहासचिव कार्कीलाई महासचिवमा मनोनीत गरेको हो ।
यस अघि महासचिव रहेका सुरज प्याकुरेलले पदबाट दिएको राजिनामा स्वीकृत गरि कार्कीलाई नयाँ महासचिवको जिम्मेवारी दिइएको इमानका सचिव टंक कार्कीले जानकारी दिए ।
संस्था स्थापनादेखि सक्रिय भुमिकामा रहेका प्याकुरेलले राजिनामा छन, यद्यपि उनले आफ्नो फेसबुक वालमा किताब लेख्ने, अर्थसरोकारलाई समय दिने कुरा लेख्दै राजिनामा दिएका छन्।
विगत १८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध कार्की विगत ८ वर्ष यता डेभलपमेन्ट मिडिया प्रमोशन प्रा.लि. द्वारा सञ्चालित अर्थतन्त्र डटकमका (सञ्चालक) प्रकाशक हुन् । कार्की २०६६ देखि २०७२ सम्म धादिङको गजुरीबाट प्रकाशित हुने हाइवेखबर साप्ताहिकको पनि प्रकाशक थिए ।
राष्ट्रिय योजना आयोगमा सञ्चार विज्ञको रुपमा तीन वर्ष अनुभव संहालेका कार्की पत्रकारिता क्षेत्रका विभिन्न संघ संगठनमा विभिन्न नेतृत्वदायि पदमा रहि काम गरिसकेका अनुभवी व्यक्ति हुन् । उनी विगत ८ वर्ष यता नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चको कार्यकारी प्रमुखको रुपमा कार्यरत छन् ।
धादिङलाई कर्मथलो बनाएर पत्रकारिता शुरु गरेका कार्कीले धादिङ आवाज साप्ताहिक, रेडियो पालुङ, हाइवेखबर साप्ताहिक, नयाँ पत्रिका दैनिक, एभिन्यूज टेलिभिजन, नागरिक र रिपब्लिका दैनिकमा आबद्ध भइ पत्रकारिता गरेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x