शेयर बजारमा ४२.१४ अंकको पहिरो

Ghorahi cement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ४२.१४ अंकले घटेर एक हजार ९ सय ६४ दशमलब ९१ विन्दुमा बन्द भएको हो ।

 

सामान्यतया बजार घट्दा कारोबार रकम पनि कम नै हुँदै आएकोमा धेरै दिनपछि कारोबार रकम दुई अर्ब नाघेको छ । यसले के कुराको संकेत गर्छ भने अब लगानीकर्ताहरू पर्ख र हेर भन्दा पनि बजारबाट बाहिरिने सोचमा पुगेको देखिन्छ ।

 

त्यस्तै, आज दुई अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । साथै आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.८९ प्रतिशतले बढेर प्रतिकित्ता ३३७.७० रुपैयाँ पुगेको छ ।

 

आज मोलुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.२१ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसि एशिया बैंकको भएको छ । यस कम्पनीको आज २७ करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Nepali patro