Banner ad for NADA AUTO SHOW -2026

ईभी गाडीको शतप्रतिशत बीमा सलिकोले गर्ने

1.9K
shares

काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा र ब्याट्रीमा नोक्सानी हुँदा भने उपभोक्ताहरु ठूलो मारमा पर्ने गरेको पाइएको छ । ब्याट्री नोक्सान हुँदा बीमाले ५० प्रतिशत मात्र क्षतिपूर्ति दिन्छ भन्ने उपभोक्तामा जानकारीको अभावले बीमितहरु समस्यामा पर्न थालेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी कुवँर क्षेत्री बताउँछन् ।विद्युतीय गाडीको कुल मूल्यको ५० देखि ६० प्रतिशत ब्याट्री मूल्य पर्छ । तर, वर्तमान मोटर बीमा निर्देशिकाअनुसार ब्याट्री नोक्सान भएमा बीमितले क्षति मूल्यांकनको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी पाउने छन् ।

 

५० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय कारकाे ब्याट्री लागत मात्र नै २५ लाखभन्दा बढी हुन्छ । नयाँ गाडीको ब्याट्रीमा पूर्ण क्षति भयो भने बीमितले १२ लाख ५० हजार रुपैयाँ मात्र पाउँछन् । जवकी नयाँ व्याट्री किन्नु पर्दा २५ लाख रुपैयाँ भन्दा बढी पर्छ ।

 

ब्याट्री क्षति हुँदा नोक्सान जति हुन्छ त्यसको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी हुँदा बीमित दुःखी मात्र भएका छैनन्, बीमा कम्पनीप्रति आक्रोश व्यक्त गर्ने, गाली गलौज गर्ने जस्ता समस्या देखिएको नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्रीको भनाई छ ।

 

ब्याट्री नोक्सान हुँदा ५० प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्थाबारे गाडी बिक्रेताले पनि ग्राहकलाई जानकारी नदिने र उपभोक्ताले पनि बीमा रक्षावरणबारे पूर्ण जानकारी विनै बीमा गर्ने भएकोले यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ ।

विकल्पमा पुरक बीमा लेख, नयाँ कार किन्ने सुविधा पनि

 

बीमितहरुको समस्या देखेपछि सलिकोले भीआईपी प्लस योजना ल्याएको छ । यसमा ब्याट्री नोक्सान हुँदा १०० प्रतिशत क्षतिपूर्ति पाउने, पुरानो गाडी पूर्ण रूपमा नोक्सान भएमा सोही प्रकार, बनौट र मोडलको नयाँ गाडी किन्न पैसा दिने, क्षतिमा ह्रास कट्टी रकममा पनि सोधभर्ना गर्ने लगायत सुविधा रहेको उक्त कम्पनीले जनाएको छ ।

 

भीआई पी प्लस योजनामा थप चार सुविधा थपिएको कम्पनीले जनाएको छ । सवारी पूर्ण क्षति भएको अवस्थामा सोही मोडल, प्रकार र बनौटको नयाँ सवारी किन्न सम्बन्धित गाडीको आधिकारिक बिक्रेताको कर बीजक मूल्य बराबर नगद भुक्तानी दिइनेछ । पूर्ण नोक्सान नभएको अवस्था कुनै पनि पार्टस फेर्नुपर्दा ह्रास कट्टी रकम बराबर शोधभर्ना गरिनेछ ।

 

सवारी दुर्घटना भइ वर्कशपमा बनाउन दिनु परेको अवस्थामा बीमितलाई १४ दिनसम्म दैनिक १५०० रुपैयाँ सवारी भाडा यातायात शिर्षकमा भुुक्तानी गरिने छ । सवारी दुर्घटना चालक वा यात्रुको व्यक्तिगत सामान नोक्सान भएमा १० हजार रुपैयाँसम्म रकम भुक्तानी गरिनेछ ।

 

यस्तो प्रकारको बीमा गर्दा करिब १६ प्रतिशत अतिरिक्त बीमा शुल्क लाग्ने कम्पनीले जनाएको छ । भीआईपी प्लसमा सलिकोले मोटर बीमा लेखसँग पुरक बीमा लेख पनि जारी गर्दछ । त्यसको प्रिमियम करिब ५/६ हजार रुपैयाँ बढी हुने क्षेत्रीले बताए

civil hospital
Hams Hospitals