Everest Back LTD

फेरि घट्यो सुनको मुल्य हेर्नुहोस्

Ghorahi cement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Nepali patro