विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै साइन रेसुङ्गा मोबाइल एपमा

2.6K
shares

काठमाडौं।विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd= sf] Mobile App Login गरी घरमै बसी प्राप्त गर्नुहोस्।

 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले (DigiShine) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग ९म्ष्नष्क्जष्लभ० एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । काठमाडौको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले अमेरिका, मलेशिया, बेलायत, अष्ट्रेलिया, युएइ, कतार, साउदी अरव, जापान र भारत लगायतका मुलुकहरुबाट विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा रेमिट्यान्स भित्रयाउँदै आएको छ । आइएमई मुख्यत विश्वव्यापी रूपमा विप्रेषणको कारोवार गर्ने एवम् विदेशमा रहेका नेपालीहरुले दुःख गरि आर्जन गरेर पठाएको रकम सुरक्षित तरिकाले नेपालमा रहेका आफन्तहरूसम्म पु¥याउने माध्यम हो । अहिले विश्वव्यापी रूपमा आइएमईको ३५ भन्दा बढी देशमा, १५०, ००० भन्दा बढी भुक्तानी केन्द्र, तथा लाखौँ सन्तुष्ट ग्राहकहरु आवद्घ हुनुहुन्छ । यसर्थ आइएमई रेमिट्यान्स सेवाको प्रर्यावाची नाम हो ।

रेमिट्यान्स अहिले नेपाली अर्थतन्त्रको मेरुदण्ड सावित भएको छ । गत आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा झन्डै २८ प्रतिशत बराबर रेमिट्यान्स मार्फत योगदान रहेको छ । आइएमईले नेपालको कुल रेमिट्यान्सको झण्डै ३० प्रतिशतको हाराहारीमा योगदान दिने गरेको छ । यस अर्थमा पनि राष्ट्रिय अर्थतन्त्रको योगदानमा आइएमईको विशिष्टकृत सम्बन्ध छ । त्यसैले आइएमईलाई समग्र विप्रेषण व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ ।

आइएमईले भरपुर रुपमा उच्चतम प्रविधिको प्रयोग गरेर आइएमई रेमिटको अनलाईन मनि ट्रान्सफर सिस्टम मार्फत रकमान्तर गर्दै आईरहेको छ । यसको प्रयोगबाट एकातिर सेवाग्राहिले छिटो र सजिलै सेवा प्राप्त गरिरहेका छन् भने अर्को तिर प्रविधिको प्रयोगले सुचनाहरु गोप्य र व्यवस्थित राख्न सरल पनि भएको छ । जसका कारणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार संचालन गर्न, नियमन गर्न पनि सजिलो हुन्छ । आइएमईले अन्तर्राष्ट्रिय तर्फ नगद भुक्तानी तथा तुरुन्तै बैंक खातामा डिपोजिट गर्ने ९क्ष्लकतबलत द्यबलप म्भउयकष्त० जस्ता सेवाहरुको विकाश गरि कार्य संचालन गरिरहेको छ ।

नेपालमा क्रियाशील बैंक तथा वित्तीय संस्था, सहकारी एवम् नीजि साझेदारसँगको सहकार्यमा १२,००० भन्दा बढी भुक्तानी काउण्टरहरु र २१६ आईएमई सेन्टर संचालनमा रहेका छन् । बैकिङ्ग सेवाबाट बञ्चित देशका विभिन्न ग्रामीणक्षेत्रमा समेत आइएमईले ४००० भन्दा बढी सहकारी संस्थाहरुसंग सहकार्य गरि आफ्नो सेवालाई प्रभावकारी तरिकाले संचालन गर्दै आइरहेको छ ।

 

civil hospital
Hams Hospitals