राष्ट्रिय वाणिज्य बैंकले साढे ७ करोडको जग्गा बेच्दै, कुन ठाउँको कति ?

वि.सं.२०८० असोज १० बुधवार
shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कबि साढे ७ करोड रुपैयाँ बराबरको गैर बैंकिङ्ग सम्पत्तिहरु जग्गा बिक्री गर्ने भएको हो ।
बैंकको शाखा कार्यालय अत्तरिया र गौरको नाममा रहेको ७ करोड ३५ लाख रुपैयाँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको अत्तरिया शाखा अन्तर्गत कैलालीका विभिन्न ठाउँको जग्गा बिक्रीमा राखेको हो । कैलालीको टिकापुर, चौमाला, भजनी, मसुरीया र हसुलिया लगायतका ठाउँमा रहेको ७ करोड १४ लाख ३६ हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको हो ।
त्यस्तै, गौर शाखा अन्तर्गत गौर नगरपालिका वडानम्बर ३ र ८ का विभिन्न स्थानमा रहेको २० लाख ७० हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।
बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।