सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने

86.2K
shares
Nabil bank

काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो ।

असोज ११ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, असोज १२ गते र असोज १३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ । यससँगै, बजार अब एकैपटक असोज १४ गते आइतबार मात्रै खुल्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x