हिमालयन रि–इन्स्योरेन्सको सिईओमा उपासना नियुक्त
वि.सं.२०८० असोज १५ सोमवार
3.3K
shares
shares
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । कम्पनीको सिईओमा उपासना पौडेल नियुक्त भएकी हुन् ।
कम्पनी सञ्चालक समितिको बैंठकले सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीको सिईओको जिम्मेवारी सम्हालिसकेकी छिन् ।
सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्र शेखरनको राजीनामा समेत स्वीकृत गरेको छ ।
































