नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न

Ghorahi cement

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

 

सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारिगत गरेको हो। हकप्रद सेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

 

कम्पनीको हालको जारी तथा चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद सेयर जारी पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

Nepali patro