आजको विनिमयदर कति छ हेर्नुहोस्

1.7K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ३४ पैसा र बिक्रीमा १४० रूपैयाँ ९८ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ६० पैसा र बिक्रीदर ८४ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २० पैसा र बिक्रीदर २८ रूपैयाँ ३२ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८० पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १३ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals