नेपाल राष्ट्र बैंकले फेरी १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै
वि.सं.२०८० असोज २१ आइतवार
1.5K
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरी १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको छ । सरकारका लागि आवश्यक रकम जुुटाउन राष्ट्र बैंकले असोज २२ गते सोमबार सो रकम बराबरको ट्रेजरी बिल बोलकबोल गर्न सूचना निकालेको छ ।
सरकारका लागि पुरानो ट्रेजरी बिलको रकम भुक्तानी गर्नुपर्ने भएपछि राष्ट्र बैंकले पुरानो नवीकरण अन्तर्गत बिक्री निष्काशन गरेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि निष्काशन भएको छ ।
ट्रेजरी बिल असोज २३ गते जारी हुने छ । ट्रेजरी बिल खरिद गर्न इच्छुक खरिदकर्ताले भोली (सोमबार) दिउँसो ३ बजेभित्र बोलकबोल पेस गर्नुपर्नेछ।




























