आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० असोज २५ बिहीवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४१ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८३ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४७ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ २४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ६३ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १५ पैसा र बिक्रीदर २८ रूपैयाँ २७ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ५९ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको छ ।





























