आइसीसी विश्वकप भारत र पाकिस्तानको खेल सुरू,भारतले टस जितेर पहिले फिल्डिङ

Ghorahi cement

काठमाडाैं । आइसीसी विश्वकप भारत र पाकिस्तानको खेल सुरु भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

 

आजको खेलमा भारतका लागि शुभमन गिल फर्किएका छन् । इशान किशन बेच्नमा बसेका छन् । विश्वकपमा दुबै टोलीले सुरुवाती दुई खेल जितेका छन् ।

 

भारत टीम

 

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर (विकेटकिपर), लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज र कुलदीप यादव ।

 

पाकिस्तान टीम

 

इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर) साउद सकिल, इफ्तिखर अहमद, मोहम्मद नवाज, शादब खान, शाहिन शाह अफ्रिदी, हरिस रौफ र हसन अली ।

Nepali patro