हिमालयन रिलाई प्रिमियममा ३ करोड कित्ता आइपीओ जारी गर्न अनुमति

Ghorahi cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा ३ करोड कित्ता आइपीओ जारी गर्न अनुमति दिएको छ ।

बुधबार बिहान बसेको बोर्ड बैठकले अंकित मूल्य १०० मा १०६ रुपैयाँ थपेर २०६ रुपैयाँ प्रिमियममा आइपीओ निष्काशन गर्न सो कम्पनीलाई अनुमति दिएको हो ।

रिले प्रिमियम मूल्यमा आइपीओ निष्काशन अनुमति माग्दै गत भदौ २७ गते बोर्डमा निवेदन दिएको थियो । त्यसअघि गत चैत २६ गते आयोजित साधारणसभामार्फत प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरेको थियो । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न हिमालयन रिले गत वैशाख १७ गते राष्ट्रिय बीमा प्राधिकरणमा निवेदन दिएको थियो ।

 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा चरम विवादबीच हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई सञ्चालन निम्ति लाइसेन्स उपलब्ध गराइएको थियो । यो इन्स्योरेन्स कम्पनी खोल्ने लाइसेन्स दिँदा एक अर्ब रुपैयाँभन्दा बढीको डील भएको खबर बाहिरिएका थिए । स्थापना क्रममै निकै विवादित यो पुनर्बीमा कम्पनीका सञ्चालकले हालसम्म उल्लेख्य पुनर्बीमा व्यवसाय पाएको छैन । राज्यलाई नै प्रभावमा पारी बाध्यकारी ढंगले बीमा कम्पनीहरूबाट व्यापार लिए पनि त्यो समेत दिगो छैन ।

 

हिमालयन रिको चुक्ता पुँजी ७ अर्ब, अधिकृत पुँजी २१ अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ छ । जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको शेयर प्रिमियम मूल्यमा बिक्री गर्न लागेको हो । आइपीओ जारी गरेर कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ संकलन गर्नेछ । रिले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

Nepali patro