सर्वोत्तम सिमेन्टको बुक बिल्डिङबाट आईपिओको अनुमति पायो

1.2K
shares

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपिओ जारी गर्नलाई अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

बोर्डले प्रतिकित्ता ४०१ रुपैयाँमा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्न अनुमती दिएको हो। आइपिओको बुक बिडिङ रकममा बोल कबोल मुल्य ५०१ रुपैयाँ फिक्स गरिएको छ । योग्य सस्थागत लगानीकर्ताहरुले खरिद गरेको न्युनतम मुल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिनेछ ।

गत वर्ष धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा सर्वोत्तमको शेयर खरीद गरेको खुलेपछि उनको बोर्डको अध्यक्ष पद नै गएको थियो।

 

यही काण्डमा जोडिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि राजीनामा दिएका थिए । उनले श्रीमतीको नाममा खरीद गरेका थिए।

civil hospital
Hams Hospitals