आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० कात्तिक २ बिहीवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५२ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४१ रूपैयाँ ०१ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १३ पैसा तोकिएको छ ।





























