गैरआवासीय नेपाली संघमा भाडभैलो सुरु…
वि.सं.२०८० कात्तिक ३ शुक्रवार
shares
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लागेको छ।
sagarmatha cement
मतगणनाको नतिजा सार्वजनिक हुँदा महासचिवका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्ष र महासचिवका पराजित उम्मेदवार चुनावमा धाँधली भएको आरोप लगाएका हुन्।
आफूलाई लगभग ८० प्रतिशतले भोट हाले पनि मत शून्य देखाइएको महासचिवका उम्मेदवार केशव पौडेलले बताए। उनी आफैंले हालेको मत पनि मेसिनले देखाएन।
अध्यक्षमा निर्वाचित बद्री केसी यसअघि पनि अध्यक्ष हुन्। यसपालि आरके शर्मा र महेश श्रेष्ठ बद्री केसीसँग अध्यक्षको प्रतिस्पर्धामा थिए। घोषणा गरिएको परिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भए। यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे।
पराजित भएका दुवै उम्मेदवारले आफूहरू निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन्। उनीहरूले केसीले भोटिङ मेसिन कब्जा गरेर नियोजित रूपमा आफूहरूलाई हराइएको आरोप लगाएका छन्।


























