आजको विनिमयदर कति छ,कति पुग्यो अमेरिकी डलरको मुल्य
वि.सं.२०८० कात्तिक १४ मंगलवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५१ पैसा पुगेको छ । शनिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको थियो ।
आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रूपैयाँ २१ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८ रूपैयाँ ९२ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९३ पैसा तोकिएको छ ।


























