मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुने

1K
shares

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने भएको हो ।

 

अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

 

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असोज ४ गते कम्पनीलाई एफपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्कासन गरेको हो ।

civil hospital
Hams Hospitals