मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

1.1K
shares

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा विक्री गरेको एफपीओ बाँडफाँट गरेको छ । असोज २५ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको थप सार्वजनिक निष्काशन (एफपीओ) खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।

 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असोज ३० गतेसम्म मात्र एफपीओ निष्कासन गर्न लागेको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको हो । कम्पनीको एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ ।

 

कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

२०६६ पुस २ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको यस कम्पनीले २०७६ असोज ७ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृती प्राप्त गरी २०६७ असोज २५ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।

 

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको नेपालभरी ७७ ओटै जिल्लामा १५० वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार रहेको छ । संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

civil hospital
Hams Hospitals