भूकम्प पिडितलाई आइएसएमटी कलेजको पाँच लाख सहयोग

19.8K
shares
Nabil bank

काठमाडौं।यही मिति २०८० साल कार्तिक १७ गते शुक्रबार मध्यरातिमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित भएकाहरुको सहयोगार्थ यस कलेजले रु ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निणर्य गरेको छ ।

 

यी दुई जिल्लामा ठूलो जनधनको क्षति भएकोले सानै भएपनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उदेश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निणर्य गरिएको छ ।

 

साथै यस कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

 

भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस दुःखद घडीमा खोज, उद्घार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह गर्दछ|

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x