हिमालयन बैंकले २१ लाखको राहत सामाग्रीको खरिद गर्यो

Ghorahi cement

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

 

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पु¥याएको छ ।

 

यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बंैकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई २०८० साल कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई २०८० साल कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।

Nepali patro