आजको विनिमयदर दर:अमेरिकी डलरको विनिमयदर निरन्तर
वि.सं.२०८० कात्तिक २६ आइतवार
shares
काठमाडौं । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । आइतबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.६५ नेपाली रुपैयाँ पुगेको छ । यसभन्दा पहिला सेप्टेम्बर २० मा अमेरिकी डलरको मूल्य १३३.५४ पुगेकोे थियो ।
आइतबार नेपाली बजारमा १ अमेरिकी डलरको खरिद मूल्य १३३.०५ रुपैयाँ र बिक्री मूल्री १३३.६५ रुपैयाँ तोकिएको छ । पछिल्लो समय भारतीय मुद्रा अवमूल्यन हुने क्रम नरोकिएपछी नेपाली मुद्रा कमजोर बनेको हो ।
अमेरिकी डलरसँग नेपाली रूपैयाँको विनिमय दर भारतिय रूपैयाँ र डलरको विनिमय दरको आधारमा तय गरिँदै आएको छ । यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन १ अमेरिकी डलर प्राप्त गर्न १२३ रुपैयाँ २८ पैसा खर्च गर्नु परेको थियो ।
केही वर्ष अगाडीसम्म अमेरिकी डलर भन्दा बलियो रहेको युरोपियन युनियनको मुद्रा युरो कमजोर बनेको छ । आइतबार १ युरोको खरिद मूल्य १४२.०९ रूपैयाँ र बिक्रि मूल्य १४२.७३ रूपैयाँ तोकिएको छ ।

























