प्रभु महालक्ष्मी लाइफको पहिलो त्रैमासमा नै नाफामा उलेख्य प्रगति

Ghorahi cement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तीन महिनामा ११ करोड ७३ लाख रुपैयाँ मुनाफा कमाएको छ । प्रभु लाइफ र महालक्ष्मी लाफइ इन्स्योरेन्स एक अर्कामा मर्जपछि जीवन बीमा व्यवसायमा आक्रामक रुपमा आएको छ । कम्पनीले गत आर्थिक वर्ष ६ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आर्थिक वर्षको सोहि अविधमा ५३ प्रतिशतले मुनाफा बढाएको हो ।

स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोष ७ अर्ब ८६ करोड नघाउन सफल देखिएको छ । यस्तो कोष गत असारको तुलनामा ७.४० प्रतिशतले सुधार भइसकेको छ । कम्पनीको कुल लगानी ११ अर्ब ७३ करोड पुगिसकेको छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनी शेयर शेयर प्रिमियम बापत एक करोड ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५९ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

 

बीमितलाई बीमालेख धितो बापतको ऋण ९८ करोड ८५ लाख रुपैयाँ रहेको छ । खुद बीमा शुल्क ११४ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँ पर्याएको छ । । पहिलो त्रैमाशिक अवधिमै अर्ब माथि बीमा शुल्क आर्जन गरेर कम्पनीले उल्लेख्य सुधार गरेको हो ।

 

४८ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भने, कमिशनमा ७१ प्रतिशतले वृद्धि गरेको छ । अभिकर्ताले पहिलो त्रमासमा १३ करोड ५१ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro