सलिको इन्स्योरेन्सले ९२.७१ प्रतिशत नाफा बढायो

Ghorahi cement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा ९२.७१ प्रतिशत बढाएर ५ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

 

गत असोज मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ६२ लाख ७६ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

 

कम्पनीले गत असोजसम्म ९३ करोड ७८ लाख ४६ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ७५ लाख ४५ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।

 

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, महाविपत्ति कोष १८ करोड ७४ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ६ अर्ब ६३ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

 

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२९.६० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७९.१८ गुणा छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro