शिखर इन्स्योरेन्सको ११ करोड २४ लाख रुपैयाँ खुद नाफा

Ghorahi cement

काठमाडौं।शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

 

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २०.६४ प्रतिशत बढेर २७ करोड ७८ लाख पुगेको छ। इन्स्योरेन्सको कमिशन आम्दानी र लगानी तथा कर्जाबाट आम्दानी भने समीक्षा अवधिमा क्रमशः ४.९८ प्रतिशत र ३.७६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी९.०५ प्रतिशत र कुल खर्च १३.८९ प्रतिशत बढेको छ।

 

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २३ पैसा बढेर १६ रुपैयाँ ९४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ।

 

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ्गमा ३३ करोड रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।

Shangri-la Development Bank Ltd.
Nepali patro