आइपीओ बिक्री गर्दै हिमालयन रिइन्स्योरेन्स

Ghorahi cement

काठमाडौं ।हिमालयन रिइन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्रै आइपीओ निष्काशन मिति तोकेको हो । अब यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ ।

 

कुलमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिने जनाएको छ । २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ४ गतेदेखि मंसिर १८ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो । बोर्डले कार्तिक १ गते अनुमति दिएको हो । कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro