चार इन्स्योरेन्सको नाफा १० करोड बढी, अरुको कति ?

Ghorahi cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले झण्डै १ अर्ब रूपैयाँ बराबरको खुद नाफा गरेका छन् । विकासन्युजलाई प्राप्त विवरण अनुसार असोज मसान्तसम्म १३ वटा निर्जीवन बीमा कम्पनीहरूले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा गरेका हुन् । गत वर्षको असोजमा यी कम्पनीहरुले ६७ करोड ८० लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरूले खुद नाफा ११.६७ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ । गत असोजसम्म सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीले १८० प्रतिशत नाफा वृद्धि गरेर ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, राष्ट्रिय बीमा कम्पनीले १५५.६० प्रतिशत नाफा बढाएर १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेपाल इन्स्योरेन्सको १३५.६१ प्रतिशत बढेर १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ९२.७१ प्रतिशत बढेर ५ करोड ७० लाख ५५ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७६.१३ प्रतिशत बढेर १४ करोड ६१ हजार रुपैयाँ खुद नाफा गरेका हुन् ।यस्तै, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ६८ प्रतिशत बढेर ५ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ४०.७७ प्रतिशत बढेर ५ करोड १४ लाख ६० हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको २४.३९ प्रतिशत बढेर ३ करोड ३७ लाख ७९ हजार रूपैयाँ नाफा गरेका छन् ।

यस्तै, प्रभु इन्स्योरेन्सको २१.२८ प्रतिशत बढेर ५ करोड ६ लाख ७२ हजार रूपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १७.८८ प्रतिशत बढेर ५ करोड ३४ लाख ९० हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १.३२ प्रतिशत बढेर ११ करोड २४ लाख १४ हजार रुपैयाँ नाफा गरेका हुन् ।गत असोजसम्म दुइटा कम्पनीको भने खुद नाफा गरेको छ । गत वर्षको तुलनामा दि ओरिएन्टल इन्स्योरेन्सको ७०.७२ प्रतिशतघटेर १ करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको ९८.२६ प्रतिशत घटेर ३७ लाख ५८ हजार रुपैयाँ मात्रै खुद नाफा गरेका हुन् ।

 

पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्सको खुद नाफा १० करोडभन्दा बढी छ।

Shangri-la Development Bank Ltd.
Nepali patro