बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले छोड्दैन

Ghorahi cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले नछोड्ने बताएका छन् ।

 

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुसँगको छलफलपछि यस्तो बताएका हुन् ।

 

उनले ऋण लिएर ऋण नतिर्नेहरुको सुनुवाई राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरुलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।

उनले भने, ‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निस्कर्ष निस्कियो । जो साँच्चिकै समस्यामा छन्, उनीहरुलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्नेकुरा आएको छ । तर ऋणको सवालमा ऋण लिएर पैस लिएर तिर्दै तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाई हुँदैन, त्यो तिर्नैपर्छ । जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्नेकुरामा सरकार प्रतिवद्ध छ । उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन ।’

 

उनले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिवद्ध रहेको बताए ।

Nepali patro