आजको विनिमयदर कति छ हेर्नुहोस्

945
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आज घटेको छ। विहीबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०८ रुपैयाँ र बिक्री दर १३३.६८ रुपैयाँ पुष्गेको थियो। जुन हालसम्मकै उच्च हो।

 

यस्तै, १ युरोको खरिद दर आज १४५.०५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.७१ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२७ रुपैयाँ थियो।

 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ । मंगलबार जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९ रूपैयाँ ०१ पैसा रहेको थियो ।

 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६० पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals