अझै पनि सच्चिने मौका छ।

राजनीतिक शिर्षक नेतृत्वको पार्टी भित्रैबाट विरोध भएको छ। तर उनीहरुले यो सुनेका छैनन् ।

Ghorahi cement

    राणाहरुले प्रजातन्त्र बुझेको भए त्यतिखेरै राणाशासन टुंगिदैनथ्याे। राजाहरुले प्रजातन्त्र बुझेको भए संवैधानिक राजतन्त्रले संस्थागत रुप लिइसक्थ्यो। तत्कालीन राजा ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएको भए राजनीति याे अवस्थासम्म आइपुग्दैनथ्याे। बर्तमानबाट इतिहासलाई हेर्दा शासक सच्चिने ठाउँ थुप्रै देखिन्छन ।तर इतिहासका ति घटनाहरु अहिले सच्याउन सकिँदैन। अहिले नेपालको गणतान्त्रिक संसदीय व्यवस्थामाथि प्रश्न उठेको होइन । प्रश्न नेता ,नेतृत्व र नियतमा उठेकाे छ । अहिले गणतान्त्रिक व्यवस्थालाई प्रश्न बनाएर नेतृत्व पन्छिन खोज्दैछन। यो फेरि इतिहासमा सच्चिने ठाउँ पाउँदा पाउँदै गरिने गल्ती हुनसक्छ।।

 

दुर्गा प्रसाईंले सडकबाट सरकारलाई राम्रा सल्लाह दिएका छन्। शिक्षा स्वास्थ्य पूर्ण छुट, बैंक वित्तीय संस्थाको ऋणको पुनरावलोकन र मिनाहा, कालाबजारी र बैक करप्टलाई कारबाही,,बिजुलीको बिल, कर असुल गर्नुपर्ने जस्ता अति संवेदनशील विषय सरकारको लागि ठूलो सल्लाह हो। तर प्रजातान्त्रिक व्यवस्थामा उनको सल्लाह विरोधको रुपा लिइदै छ । के यी विषयमा सरकारको संलग्नता छ ? यदि छैन भने दुर्गा प्रसाईंलाई टेबलमा राखेर उनको तर्कमा सहमति र असहमति किन नजनाउने? द्वन्द व्यवस्थापनको सैद्धान्तिक मान्यता यही हो.। ‌थुनछेक, बलमिच्याइँ र पुरानै शैलीले नेपालका कुनै पनि व्यवस्था बचेनन्। राजनैतिक दल र सरकारी कार्यशैलीको विरोध सीमान्त बाेलीसम्म पुगिसकेको छ। त्यसलाई नजरअन्दाज गर्दा भोलि ठूलो क्षति व्यहोर्नु पर्ने हुनसक्छ। आज पनि सच्चिने ठाउँ थुप्रै छन्।

 

राजनीतिक शिर्षक नेतृत्वको पार्टी भित्रैबाट विरोध भएको छ। तर उनीहरुले यो सुनेका छैनन् । उमेरको ख्याल नगरी पार्टीको नेतृत्व गरिरहँदा दोस्रो र तेस्रो पुस्तामा वितृष्णा बढेको छ।। उनीहरु ,न विरोध गर्न सक्छन् न पूर्ण समर्थन। युवा राजनीति र सरकारमा नेतृत्व चाहन्छन । परिवर्तन चाहन्छन । अब सरकारी काम युवा पुस्तालाई जिम्मा दिनुपर्छ ।यो ढिला भइसकेको छ। दुर्गाा प्रसाइकाे आन्दोलनमा गएका युवाहरु कांग्रेस, एमाले र अन्य दलका नै हुन्। यसलाई नेतृत्वले बुझेको छैन भन्न सकिँदैन ।तर उनीहरु यो स्वीकार्न पनि तयार छैनन् ।यदि युवा पुस्तामा चाँडै नेतृत्व हस्तान्तरण गरिएन भने तत् दलगत पार्टीहरु यही अवस्थामा फर्कन फेरी दशकौं लाग्नसक्छ। यसका लागि अहिले नै सुध्रिने मौका छ। दुर्गा प्रसाईले राष्ट्रियता ,राष्ट्र एकता , धर्म-संस्कृति आर्थिक सुधार र राज्यका सबै पक्षकाे विकृतीको विरुद्ध अभियान चलाएका छन् ।।यसमा सबै नेपाली एकजुट हुँने संकेत देखिँदैछ। यसको नेतृत्व दलले लिने हो भने यिनै जुजारु र नेतालाई शासन भार सुम्पिनुपर्छ। र वृद्ध नेताहरुले राजनीतिबाट सन्यास लिनैपर्छ। नत्र इतिहास जस्तै पछुताउनु पर्ने दिन आइसकेको छ।

 

सच्चिने मौका थुप्रै छन्। सबै राजनीतिक नियुक्तिहरुको पुनरावलोकन गर्नुपर्छ। भ्रष्टाचारका फाइलहरू खुल्नुपर्छ। सरकारी संयन्त्र र संवैधानिक अंगहरुलाइ स्वतन्त्ररुपमा काम गर्नु दिनु पर्छ। कर्मचारीतन्त्रलाई प्रभाव र दबाब बाट मुक्त राख्नुपर्छ। प्रदेशका मन्त्रालय पाँचवटा भन्दा बढी राख्नुहुँदैन। प्रदेशमा आयोग र नियोगहरु खारेज गर्नुपर्छ । यसबाट खर्च कटौती हुन्छ नै। केन्द्रमा १५ वटाभन्दा बढी मन्त्रालय राख्नुहुँदैन। झण्डै एकदर्जन विभाग कटौती गर्नुपर्छ। ट्रेड युनियन खारेज गर्नुपर्छ। सरुवा बढुवामा रकम कलम गर्नुहुँदैन। यि सुधार गर्न पैसा खर्च हुँदैन ।दलगत स्वार्थ त्याग र नेतृत्व इमान्दार उत्तरदायी र स्वार्थबिहिन भए पुग्छ। थुप्रै मानिसहरु पार्टीभित्र इमान्दार छन् उनीहरूको कदर गर्न सक्नुपर्छ। अहिले दुर्गा प्रसाई आन्दोलनले यहि मागेको छ। सत्ताकेन्द्रित मोहले प्रसाईका माग विरोध देखिएका हुन्। यथार्थमा यी गहकिला सच्चिने परामर्श हुन्।

 

शासनमा कोही स्थिर हुँदैन। समय बलबान छ। त्याग ठूलो कुरा हो। गणतान्त्रिक शासन राम्रो उपलब्धि हाे। यो उपलब्धि यति चाँडै विकृत होला भन्ने कसैले सोचेको थिएन। दलाल र स्वार्थ समूहबाट बाहिर आउन सक्नु सुधारको सुरुवात हो । यो अब राजनीतिक दलहरुले सोच्नैपर्छ। राजनीतिक दलप्रति ठूलो वितृष्णा जनतामा आइसकेकाे छ। यो वितृष्णाले नेपालको राजनीतिलाई कहाँ पुर्याउँछ टुंगो छैन। संरचना र व्यवस्थापनमा सच्चिन सकिन्छ। पद नभए पनि हुन्छ तर पद्धति सकिनु हुँदैन। यो द्वन्द्वको आन्तरिक व्यवस्थापन गरिएन भने घटना र प्रभावको बाह्यकरण पक्का छ। दुर्गा प्रसाईकाे आन्दोलन व्यवस्था विरोधी होइन। बिकृति विरोधी हाे। व्यवस्था विरोधीको रुपमा आन्दोलनको व्याख्या गर्नु आफै सकिनु हाे।

 

पूर्वन्यायाधीश ,प्रशासक, राजनीतिज्ञ, वा सर्वसम्मत कसैको नेतृत्वमा दुर्गा प्रसाईंले उठाएका विषयमा अनुसन्धान र छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सकिन्छ। र यसले दिएका प्रतिवेदनको आधारमा सरकारले काम गर्ने प्रतिबद्धताले दलहरूको विश्वसनीयता बच्न सक्छ ।तर यो गर्नैपर्छ। सरकार ,राजनीतिक दल भ्रष्ट छन् भन्ने सन्देश दुर्गा प्रसाईंले दिंदैछन्। होइन भन्ने प्रमाणित गर्नु दल र सरकारको पहिलो काम हाे। नियोजनबाट भड्काउ पैदा हुन्छ। संकेत त्यही देखिँदैछ। राजनीति तरलतामा खेल्ने बानी परेका राजनीतिक दलहरुबाट यो सम्भव छैन। तर दुर्गा प्रसाईको यो जनविद्रोह साधारण छैन। पछिल्लो ३० वर्ष शासन गरेका शासकहरुको लागि यो विषय अहिले पेचिलो बनेकोछ। इतिहासमा सजिलै सच्चिने ठाउँहरु चुकेका छन्। आज पनि सरकार छ, संगठनात्मक संरचना छ ।संविधान छ। सबैथोक छ ।मात्र राजनीतिक अहम् र विरोधले गर्दा परिवर्तन संस्थागत भएन। यही व्यवस्था र संरचना स्थायी गर्न दल र सरकारले कतिसम्म झुक्नुपर्छ । झुक्नै पर्छ। पदत्याग गर्नु परे त्याग नै पर्छ। इतिहासले त्यागी हरूको मूल्याङ्कन गर्छ । समय यही हो । नत्र फेरी राजनीति पछतावा निश्चित भइसकेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro