आर के शर्माले पत्रकार सम्मेलन गरेर मागे अध्यक्ष…

Ghorahi cement

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा विभिन्न ७ वटा गम्भीर त्रुटि भएको जिकिर गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शर्माले अनलाइन निर्वाचनमा गम्भीर ७ वटा त्रुटीहरुका भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।

आदरणीय सञ्चारकर्मी साथीहरु, नमस्कार ।

 

१.गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौँस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालिन तीनजना अध्यक्षहरु कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुइ साताभित्र छानबिन गर्ने सहमति भएको स्मरण गर्न चाहन्छौं । तर, उक्त सहमतिलाई कागजको खोस्टा बनाइ रातारात सपथ लिने र आफैलाई अध्यक्ष घोषणा गर्ने काम संघको विधान र स्वतन्त्र तथा निस्पक्ष निर्वाचनको विश्वव्यापी मान्यता प्रतिकूल रहेकाले त्यस्तो कार्य प्रति हाम्रो घोर आपत्ति छ । साथै संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको पनि हामी स्पष्ट पार्दछौं ।

 

२.गत १९ अक्टोबर २०२३ मा अनलाइन माध्यमबाट गराइएको निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न कथित अन्तरराष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद छ। जसको बारेमा गम्भीर आरोप लगाइएको छ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ “नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने “ जस्तो सर्त सहितको छानविन समिति बनाउने भन्ने प्रस्तावलाई हामी सरासर खारेज गर्दछौं।

 

३. ११ औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्धरुपमा अनियमितता गरिएको कुरा पनि हामीले उठाउंदै आएका छौं। एनसिसि रसिया, एनसिसि किर्गिस्थान, दक्षिण अफ्रीका र नाइजेरियामा विधान विपरित प्रतिनिधि चयन गरिएको थाहा भएको छ । त्यस्तै संघको विधान तथा प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावली अनुसार ३१ अगष्ट, २०२३ अगावै प्रतिनिधिको नामावली सम्वन्धित एनसिसि अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया, एनसीसी युएई, एनसीसी अस्ट्रेलिया, एनसीसी माल्टा, एनसीसी युकेका प्रतिनिधिहरूलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट, २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको थाहा हुनआएको छ । संघको सदस्यता वितरण, प्रतिनिधि छनोट तथा निर्वाचन लगायतका विषयमा विवाद आएमा समाधान गर्न न्यायिक आयोग मार्फत गरिनु पर्नेमा विधान विपरितको संरचनाले विवाद समाधान गर्न खोजिएको थियो । त्यस्तै तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधी चयन नभएसम्म एनसिसि युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गर्नु का साथै एनसिसि युएइमा ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि वनाए पछि मात्र एनसिसि युएइका प्रतिनिधिहरूलाई स्वीकार गरिएको साथै विधान र नियमावलीले दिएको मिति भन्दा तीन दिन पछि एनसीसी जर्मनीको कार्यसमिति गठन गरिएको पनि थाहा हुन आएको छ ।

 

अनलाइन निर्वाचनमा भएका गम्भीर त्रुटीहरुका केही उदाहरण यस प्रकार छन् :  

 

(क) उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालवाट खसेको मत शुन्य भएको। यस समवन्धमा पहिलो स्पष्टिकरणमा ग्लोवल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको देखिएको।तर पछिको स्पष्टिकरणमा System Back end मा integration mistake भएको भनिएको। यो स्पष्टिकरणले सिस्टम प्रति नै झन गम्भीर आशंका पैदा गरेकोछ र Back end integration मा अन्य नामहरुमा पनि गल्ति भएको हुन सक्ने।

(ख) सिस्टमको फिचर अनुसार सवै पदाधिकारीको मत संख्या अनिवार्य वरावर हुनु पर्नेमा फरक फरक भएको।

(ग)नेपालमा आउने प्रतिनिधिहरु अनिवार्य काठमाण्डौको सोल्टीहोटलको वुथवाट मतदान गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकैले नेपालवाट खसेको मत र सोल्टी होटलवाट खसेको मत समान हुनु पर्नेमा फरक भएको।

(घ)विधानको दफा २१:७ अनुसार अन्तराष्ट्रिय महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको। अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९% वाट घटाएर ६५% वनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको।फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशत भन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तराष्ट्रिय मापदण्ड विपरित भएको र निर्वाचनको वीचमै यसरी निर्वाचनको प्रकृया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको।

(ङ्ग)सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको User ID र Password निर्नाचनमा खटिएका कर्मचारीवाट पुन: फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुन सकने आशंका।

(च)नेपालमा आइसकेका केही प्रतिनिधिहरुको नामवाट विदेशवाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशंका पैदा गरेको।

(छ)निर्वाचनमा नेपालको समय राती १२ वजे सम्म “जुम “ माध्यमवाट पनि मतदान गर्ने व्यवस्था गरिएता पनि १२ वजे अगावै “जुम “ भित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानवाट वञ्चित गरिएको। कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ वजे सम्म आफ्ना प्रतिनिधिलाई “जुम” मार्फत मतदान गर्न लगाई “जुम “ भित्र पसिसकेका वांकी ५४ जना प्रतिनिधिलाई मतदानवाट वंचित गराइनु निर्वाचन नियमावली र निर्वाचन सम्वन्धी विश्वव्यापी मान्यता र परम्परा विपरित छ।

 

 

४. अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले गरेको अनुसन्धानको रिपोर्ट हामीले आधिकारिक रुपमा पाएका छैनौं। तर संचारमाध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार निर्वाचन स्वच्छ तरिकाले हुन नसकेको थुप्रै प्रमाणहरु छन्। गैरआवासीय नेपाली संघमा एकपक्षीय ढंगले निवर्तमान अध्यक्ष बद्री केसी समूहले सपथ खाएपछि विधान अनुसार हामीहरुले होटल हिमालयमा साधारणसभा सम्पन्न गरेर राजेन्द्रकुमार (आरके) शर्माको आरोप ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro