अमेरिकि डलरको मुल्य यथावत अन्यको कति छ हेर्नुहोस्

744
shares
Shine resunga department bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा पुगेको छ ।

 

मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको थियो । आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४३ पैसा पाइन्छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९५ पैसा र बिक्रीमा ८ रूपैयाँ ९९ पैसा रहेको छ ।

 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४८ पैसा र बिक्रीदर २८ रूपैयाँ ६१ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ १८ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १४ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८६ पैसा तोकिएको छ ।

Can