सुनको मूल्य घट्यो,कति छ आजको मुल्य

1.6K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य शुक्रंबार भने तीन सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । बिहिबार भने सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ५४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals