आफ्नै आमाले ४ लाखमा बेचिन् १८ वर्षीया छोरी

1.6K
shares

एजेन्सी।भारतमा आफ्नै आमाले चार लाख भारुमा छोरी बेचेकी छन् । उत्तर प्रदेशको गोरखपुरकी एउटी आमाले १८ वर्षकी छोरीलाई हरियाणाका एक जना पुरुषलाई विवाहको नाममा बेचेको तथ्य खुलेको छ ।

 

श्रीमानले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि युवतीलाई आमाले नै बिक्री गरेको रहस्य पर्दाफास भएको हो । हरियाणाबाट भागेर गोरखपुर आएकी उनले प्रहरीमा आमा र नजिककका नातेदारहरुविरुद्ध अस्ति लिखित उजुरी दिएकी हुन् ।

 

 

टाइम्स अफ इण्डियाका अनुसार प्रहरीले युवतीकी आमा र आरोपित सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्न मातहतको इकाइलाई निर्देशन दिएको छ ।

civil hospital
Hams Hospitals