नेप्से खुलेको केहि बेरमै पहिरो

Ghorahi cement

काठमाडौं । आइतबारको गतिलाई पछ्याउँदै सोमबार पनि उछाल आउने अनुमान विपरीत नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)मा कारोबार शुरु भएको पहिलो मिनेटदेखि नै निरन्तर पहिरो चलेको छ । यो समाचार तयार गर्दासम्म नेप्से सूचक २८ अंकसम्म गिर्दै १० अंक ऋणात्मक छ ।

 

कारोबार पूर्वको प्रि-ओपनिङ सेसनमै नेप्से परिसूचक २५.५५ बिन्दुले बढिसकेको थियो । १० बजेर ४५ मिनेटमा प्रि-ओपनिङ सेसन शुरु हुने बित्तिकै देखिएको यस वृद्धिमा १५६ कम्पनीको शेयरमूल्य बढेको थियो भने ५ कम्पनीको मूल्य घटेको थियो । १३ वटा कम्पनीको शेयरमूल्य भने स्थिर थियो ।

 

प्रि-ओपनिङ सेसनमै २ करोड ९१ लाख ७९ हजार रुपैयाँको कारोबार हुँदा ८५ हजार ५८४ कित्ता शेयर कारोबार भएको थियो ।

Nepali patro