जापानी यान बढ्यो, अन्य मुद्राको विनिमयदर के छ ?
वि.सं.२०८० मंसिर २७ बुधवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७३ पैसा पुगेको छ । आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४२ पैसा पाइन्छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ १७ पैसा र बिक्रीमा ९ रूपैयाँ २१ पैसा रहेको छ । बुधबार जापानीज यान दशको खरिदमा ९ रूपैयाँ १० पैसा र बिक्रीमा ९ रूपैयाँ १५ पैसा रहेको थियो ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४२ पैसा र बिक्रीदर २८ रूपैयाँ ५५ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ८५ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ७९ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ ।


























