बढ्यो सुनको मूल्य

1.3K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals