सुपर हेवा पावरको साढे २४ लाख कित्ता सेयर बिक्रीमा

Ghorahi cement

काठमाडौं । सुपर हेवा पावर कम्पनीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा राखेको हो । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका सेयरधनीहरूले मात्र निजको नाममा कम्पनीमा अभिलेख कायम सेयरको अनुपातमा खरिद गर्न पाउने गरी सेयर जारी गर्न स्वीकृत गरेको थियो ।

 

कम्पनीले उक्त सेयरको मूल्य १ सय रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न सेयरधनीहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । यदि सो समयमा जगेडा सेयरधनीहरुले सकार गर्न बाँकी रहेमा सेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले बताएको छ ।

Nepali patro