सातै प्रदेशमा प्रभातफेरि कार्यक्रम गरी मनाइयो ग्लोबल आईएमई बैङ्कको १७औँ वार्षिकोत्सव

1.6K
shares

काठमाण्डौ ।ग्लोबल आईएमई बैङ्कको १७ औँ वार्षिकोत्सव सात वटै प्रदेशमा प्रभातफेरि कार्यक्रम गरी मनाइएको छ । बैङ्कले १७ औँ वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

 

आमनागरिकमा वित्तीय साक्षरता तथा बैङ्किङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सातवटै प्रदेशका मुख्य सहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

 

 

यही पौष १७ गतेदेखि ग्लोबल आईएमई बैङ्क आफ्नो स्थापनाको १६ वर्ष पूरा भइ १७ औँ वर्षमा प्रवेश गर्दैछ । काठमाण्डौमा आयोजित प्रभातफेरिमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्क सञ्चालक समिति सदस्यहरु, बैङ्क उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

वित्तीय साक्षरता तथा बैङ्किङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाण्डौको कान्तिपथ शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाण्डौ उपत्यका बाहिरका मुख्य सहरहरु परिक्रमा गरेका थिए ।

civil hospital
Hams Hospitals