‘पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे:पर्यटन मन्त्री किराती

Ghorahi cement

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई विभिन्न आक्षेप लगाएर राजीनामा माग्नेहरु असफल भएको दाबी गरेका छन् ।

 

काठमाडौंमा मंगलबार आयोजित ‘तिमी छौं र त’ गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही दिनअघि क्रिसमसको कार्यक्रममा उनले दिएको अभिव्यक्तिको व्यापक विरोध भएको थियो ।

 

‘पशुपति हाम्रो सभ्यता र सम्पदाको पनि केन्द्र भनेर मैले १७ हप्ता गुहुमुत सोरेँ, यही हात हो । मलाई पशुपति विरोधी नै बनाउन खोजे तर पशुपति त भगवान नै रहेछन्,’ उनले भने, ‘पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे । भगवान रहेछन् जस्तो पनि लाग्न थाल्यो ।’ आफूले अनर्गल अभिव्यक्ति नदिएको दाबी उनले गरे ।

 

आफ्नो अभिव्यक्तिको विरोधीहरु धर्म विरोधी भएको आरोप उनले लगाए । ‘युगको नेतृत्व गर्छस् भन्ने मान्छेले भालेको डाकमै आँखाका कचेरा नपुछी स्टाटस लेख्छ राजीनामा दे भनेर,’ उनले आक्रोश पोखे, ‘के संविधानको व्याख्या गर्न नहुने ? के राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले राजीनामा दिन तयार छु । मेरो पदभन्दा देश ठूलो छ । मेरो लागि देशभन्दा माथि केही छैन । म धर्म मान्छु । मेरो धर्म नेपाली हो । मेरो मन्दिर देश हो र भगवान जनता हुन् ।’

 

उनले धर्मको रक्षाका लागि भन्दै आफूविरुद्ध अभिव्यक्ति दिनेहरुलाई मतिभ्रष्ट रहेको आरोप लगाए । ‘आफूचाँहि लामो टुप्पी पालेर धर्म जपेको जपेकै गरेर आपराधिक काम गर्ने, अनि छोराछोरी सबै क्रिस्मस डेमा टेक्ने ठाउँ नहुने गरी ठमेल जाने, अनि बाँच्छ त हाम्रो धर्म यस्तो तरिकाले ?’ उनले कटाक्ष गरे ।

Shangri-la Development Bank Ltd.
Nepali patro