पेनाल्टीमा बार्सिलोना विजय

Ghorahi cement

 

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा लस लास पाल्मासमाथि बार्सिलोनाले २–१ गोलको पुनरागमन जित निकालेको हो ।

१ गोलले पछि परेको अवस्थानमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो । १२ औं मिनेटमा मुनिर अल हद्दादी मोहमदले स्यान्ड्रो रमिरेज क्यासिलोको पासमा गोल गर्दै लस पालमसलाई सुरुआती अग्रता दिलाए ।

तर, ५५ औं मिनेटमा सर्जि रोबर्टोको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई एक–एक गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको अतिरिक्त सयमा डेली सिंकग्रेवेनले गुन्डोगनलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए । सोही फलका कारण पाएको पेनाल्टीलाई गुन्डोगनले गोलमा परिणत गर्दै बर्सिलोनालाई २–१ जित दिलाए ।

बार्सिलोना जितपछि ४१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लस पाल्मास २५ अंकका साथ १० औं स्थानमा छ ।

शीर्ष २ स्थानमा रहेका रियल मड्रिड र जिरोनाको समान ४८ अंक रहेको छ । ला लिगा अन्तर्गत एथ्लेटिको विलबाओले सेभिल्लालाई २–० गोल अन्तरले पराजित गर्दा ओसासुनाले अल्मेरियामाथि १–० को जित दर्ता गरेको छ ।

Nepali patro