मेरो माइक्रोफाइनान्सको साधारण सभा माघ २६ गते

Ghorahi cement

काठमाडौं । मेरो माइक्रोफाइनान्स माघ २६ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल वाटर टावर, नुवाकोटमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हाल कायम रहेको पूाजी संरचनालाई परिवर्तन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

 

ads

सभाले संस्थापक तर्फ ६९ दशमलव ४० प्रतिशत र सर्वसाधारण तर्फ ३० दशमलव ६० प्रतिशत हाल रहेकोमा सोलाई परिवर्तन गरी संइस्थापक तर्फ ४९ दशमलव ४० प्रतिशत र सर्वसाधारण तर्फ ४० दशमलव ६० प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

 

यस वर्ष लाभांश भने वितरण नगर्ने निर्णय कम्पनीले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

११औं वार्षिक साधारण सभाका लागि कम्पनीले माघ ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Nepali patro