भ्रष्टाचारको छानबिन भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए सुटुक्क राजीनामा

Ghorahi cement

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

 

उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौँका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

 

 

 

खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो । प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।

 

खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro